काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर आज आगामी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ।
७४औं स्थापना दिवसको अवसरमा आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे कार्यक्रम राखिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
सोही अवसरमा थापाथलीमा रहेको पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमा स्थानान्तरण हुनेछ।