बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अध्यक्ष तिमिल्सिना र डब्लुएचओ महानिर्देशक डा. टेड्रोसबीच भेटवार्ता

अध्यक्ष तिमिल्सिना र डब्लुएचओ महानिर्देशक डा. टेड्रोसबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटघाट गरेका छन्।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटघाट गरेका छन्। 

National life

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा डा टेड्रोस तीनदिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन्। डा. टेड्रोस र अध्यक्ष तिमिल्सिनाबीच सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता भएको हो। 

अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीको कठिन समयमा संसारभरिका मानिसको जीवन बचाउनका लागि डब्लुएचओले खेलेको भूमिकाको प्रशंसा गरेका हुन्। 'विशेषगरी कोभिड–१९ महामारीका समयमा तपाईंको बलियो, व्यावहारिक र दूरदर्शी नेतृत्वको नेपाल प्रशंसा गर्दछ,' उनले भने, 'तपाईंको यो योगदानलाई विश्वले सधैँ सम्झिरहनेछ।'

डब्लूएचओले स्थापनादेखि नै सम्पूर्ण विश्वको जनस्वास्थ्य चुनौतीको सामना गर्नका लागि सहयोगी साझेदार भएको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाललाई कोभिड–१९ नियन्त्रण तथा यसविरुद्धको खोपका लागि प्रदान गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे। 

'नेपाल सन् २०२२ को मध्यसम्ममा शतप्रतिशत पूर्ण खोप लगाइसक्ने विश्वस्वास्थ्य सङ्गठनको लक्ष्य हासिल गर्ने बाटोमा छ, उनले भने, 'यस महामारीको समयमा नेपाललाई सबै सहयोग उपलब्ध गराएकामा नेपाल सरकार र नेपाली जनताको तर्फबाट म धन्यवाद दिन चाहन्छु।'

Shivam cement

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले विश्वभर कोभिडविरुद्धको खोपको समान वितरण हुनुपर्ने जोड दिँदै विशेषगरी केही अफ्रिकी तथा अल्पविकसित मुलुकमा समान वितरण नभएको भन्ने आवाज उठेकोप्रति ध्यानाकर्षण गराए।

उनले अन्तर व्यवस्थापिका सङ्घको १४४औँ सम्मेलनमा समेत यो विषय उठेको जानकारी गराउँदै यसमा डब्लुएचओले ध्यान दिनुपर्नेमा जोड दिए।  


प्रकाशित: Apr 21, 2022| 23:00 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...