बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सुरक्षा निकायले गृहमन्त्रीसँग गरे निर्वाचन भयरहित बनाउने प्रतिबद्धता

सुरक्षा निकायले गृहमन्त्रीसँग गरे निर्वाचन भयरहित बनाउने प्रतिबद्धता

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बैठकमा निर्वाचनको तयारी र निर्वाचनको सम्बन्धमा हुने विभिन्न गतिविधिहरुको तयारीको बारेमा छलफल भएको बताए।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट भुमिका खेल्ने सुरक्षा निकायहरुले प्रतिबद्धता गरेका छन्। 

National life

बिहीवार सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रमुख तथा प्रतिनिधिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफ्नो ठाउँबाट भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बैठकमा निर्वाचनको तयारी र निर्वाचनको सम्बन्धमा हुने विभिन्न गतिविधिहरुको तयारीको बारेमा छलफल भएको बताए। 

बैठकमा सुरक्षानिकायहरुका बिचमा हुने समन्वयको सम्बन्धमा पनि छलफल भएको उनले जानकारी दिए।  


प्रकाशित: Apr 21, 2022| 17:38 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...