शनिबार, साउन ३०, २०८३

मतपत्र ओसारपसारको जिम्मा सेनालाई

निर्वाचन आयोगले मतपत्र ढुवानीको जिम्मा नेपाली सेनालाई दिएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्रको ढुवानीको जिम्मा सेनालाई दिइएको जानकारी गराएका हुन्।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- निर्वाचन आयोगले मतपत्र ढुवानीको जिम्मा नेपाली सेनालाई दिएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्रको ढुवानीको जिम्मा सेनालाई दिइएको जानकारी गराएका हुन्। मतपत्र संवेदनशील भएकाले सेनालाई जिम्मा दिइएको उनको भनाइ छ। 

बिहीबारको पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले अन्य निर्वाचन सामग्रीको सुरक्षा भने प्रहरीले गर्ने प्रष्ट पारे। 'मतपत्रसँग नेपाली सेना नै ब्याकअप गरिराखेको हुन्छ,' उनले भने। मतपत्र वैशाख १५ पछि मतदान केन्द्र पठाइने पनि उनले जानकारी दिए। सवारी साधन जान नसक्ने स्थानमा हेलिकोप्टरबाट भएपनि मतपत्र पठाउने आयोगको तयारी छ। 

निर्वाचन सामग्री ढुवानीलाई जिपिएसको माध्यमबाट अनुगमन गरिनेसमेत आयोगको भनाइ छ। 

प्रकाशित: Apr 21, 2022| 16:36 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...