कैलाली- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई ‘भिलेन’को संज्ञा दिएका छन्। बिहीबार कैलालीको गौरीगंगा नगरपालिकामा आयोजना भएको कार्यक्रममा प्रचण्डले यस्तो आरोप लगाएका हुन्।
कम्युनिस्ट पार्टीलाई जनताले दुईतिहाइ मत दिएको तर ओलीले त्यसलाई तुहाउने काम गरेको उनको आरोप थियो। जसलाई राज्यको नेतृत्व दियौँ उनै भिलेन भएर निस्किए। हामी त्यो प्रवृत्तिविरुद्ध संघर्ष गर्न हामी बाध्य भयौँ,' ओलीलाई लक्षित गर्दै प्रचण्डले भने।
नेकपा हुँदा एकै दलमा अटाएका प्रचण्ड र माधवकुमार नेपालप्रति ओलीले पनि यस्तै आरोपहरू लगाउँदै आएका छन्। नेपाल पनि ओलीलाई विभिन्न आरोप लगाइरहन्छन्। स्थानीय चुनाव नजिकिएसँगै दोषारोपण र आरोपप्रत्यारोप बाक्लिएको छ।