शनिबार, साउन ३०, २०८३

सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने सत्ता गठबन्धनको निर्णय

सातै स्थानका सभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेत गरी ६ जनाले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- सत्तारुढ गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ। नेपाली कांग्रेसका वरिष्डठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बिहीबार बसेको स्थानीय तहोक निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी अनुगमुन संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो। 

सातै स्थानका सभालाई पाँचै दलका प्रमुख नेता र  गठबन्धनका संयोजक समेत गरी ६ जनाले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। 

वैशाख १८ गते सुर्खेत र धनगढीमा संयुक्त सभा हुनेछ। यस्तै १९ गते पोखरा र बुटवलमा सभा आयोजना गर्ने निर्णय भएको छ। यस्तइ २० गते विराटन र जनकपुरमा सभा गरिनेछ। २२ गते काठमाडौंमा सभा आयोजना गरी समापन गरिने संयन्त्रले जनाएको छ। 


प्रकाशित: Apr 21, 2022| 14:42 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...