शनिबार, साउन ३०, २०८३

काठमाडौंको मेयरमा सिर्जना सिंह र सुसन वैद्यसहित ५ जना सिफारिस

सिंह र वैद्यसहित निलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ र प्रगतिमान रञ्जितको पनि नाम सिफारिस गरिएको छ।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- नेपाली कांग्रेस काठमाडौं महानगर समितिले मेयरका लागि सिर्जना सिंह र सुसन वैद्यसहित ५ जनाको नाम सिफारिस गरेको  छ। महानगर समितिले उनीहरूको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको हो।

सिंह र वैद्यसहित निलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ र प्रगतिमान रञ्जितको पनि नाम सिफारिस गरिएको छ। 

सिंह नेपाल महिला संघ काठमाडौंकी सल्लाहकार हुन्। उनका पति प्रकाशमान सिंह नेपाली कांग्रेसमा सभापतिका लागि भएको मतदानमा पराजित भएका थिए। वैद्य नगर समितिका सचिव हुन्।

शाक्य नगर समितिका सभापति एवं काठमाडौं वडा नम्बर २५ का वडाध्यक्ष हुन्। हरिप्रभा खड्गी काठमाडौं महानगरपालिकाका उपप्रमुख हुन्। भने रञ्जित नगर समितिको सभापतिमा पराजित भएका थिए।

सत्तारुढ पाँचदलीय गठबन्धनले गरेको सहमतिअनुसार काठमाडौंको मेयर कांग्रेसले पाएको छ। उपमेयर भने एकीकृत समाजवादीलाई दिइएको छ। 

यद्यपि तालमेल सम्भव नभएको अवस्थामा स्वस्थ प्रतिस्पर्धामा जान सक्ने गठबन्धनको सहमति अनुसार काठमाडौं उपमेयरका लागि सुशीला ढकाल र प्रा डा अमिता प्रधान शाक्यलाई सिफारिस गरिएको कांग्रेस महानगरले जानकारी दिएको छ। 

प्रकाशित: Apr 21, 2022| 14:16 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...