बिहीबार, चैत १२, २०८२

ग्यारेथ साउथगेटलाई इंग्लयान्डको नयाँ प्रस्ताव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
इंग्ल्यान्ड- ग्यारेथ साउथगेटलाई इंग्लयान्ड फुटबल संघले नयाँ प्रस्ताव पेश गर्ने तयारी गरेको छ। २०२० भन्दा बढी इंग्लयान्डको प्रशिक्षक भएर बस्न नयाँ प्रस्ताव पेस गर्ने बताईएको छ।

नयाँ प्रस्तावमा उनको सेवा सुविधा र तलबमा समेत वृद्धि गरिने छ। साउथगेटको इंग्लयान्डमा अझै दुई बर्षको सम्झौता बाँकी तर पनि उनले फिफा विश्वकप २०१८ मा इंग्लयान्डलाई सेमिफाईनलसम्म पुर्‍याएको खुशीको इनाम दिन चाहेको बताईएको छ। 

रुस विश्वकपमा गरेको प्रदर्शनपछि उनलाई क्लबले आकर्षीत गर्न सक्ने सम्भावना छ। र एफएको विश्वास छ की नयाँ प्रस्तावले उनलाई इंग्लयान्डमै राख्न मदत गर्ने छ। उनी र एफएबीचको कुराकानी अर्को हप्ता मात्र शुरु हुने बुझिएको छ। यतिखेर रुस विश्वकप पछि साउथगेट विदामा छन्। 

नयाँ सम्झौताले साउथगेट नै कतारमा हुने विश्वकप २०२२ मा पनि देखीने अनुमान गर्न सकिन्छ। एफए कार्यकारी प्रमुख मार्टिन ग्लेनले भने, “इंग्लयान्डसँग साउथगेटको अभुरो व्यापार ट  र उनी विश्वको चार देश मध्येमा एक हुन चाहन्छन्।’ उनले थपे, 'साउथगेट उत्कृष्ट छन् । हामी चाहन्छौ की उनी २०२० पछि सम्म रहुन। मलाई लाग्छकी यो प्रस्ताव हामी दुवैलाई सहमत हुने छ।’

'साउथगेट एक यात्रामा छन्। उनी विश्वकपलाई माया गर्छन् र उनले आफ्नो धारणा बनाएका छन् की हामी अघि बढ्न सक्छौ', मार्टिनले भने। विश्वकपमा क्रोएसियासँग हारेपछि साउथगेटले भनेका थिए सबै भन्दा शक्तिशाली चिज एक छ नौकरी जो मैले कहिले गरिन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।