एजेन्सी-फुटबल एसोसिएसन (एफए) ले २०३० को विश्वकप आयोजनाका लागि सम्भाबित राष्ट्रको सूचीमा इंग्ल्यान्डलाई राखेको छ । विश्वकप आयोजनाका विषयमा इंग्ल्यान्डसँग कुराकानी गर्ने एफएको तयारी छ ।
इंग्लयान्डमा पछिल्लो पटक १९९६ मा युरोपियन च्याम्पियनसिप भएको थियो । जुन विश्वकप आयोजना गरेको ३० बर्ष पछि अर्को ठुलो फुटबल प्रतियोगिता हो । त्यस भन्दा पहिले इंग्लयान्डले सन् १९६६ मा विश्वकपको आयोजना गरेको थियो ।
एफएका अध्यक्ष ग्रेग क्लार्कले आयोजक राष्ट्र विश्वकपको आयोजना गर्न सहमत भए एफएको सरकारी विभाग इग्ल्यान्डमा आयोजनाको तयारीका लागि अनुगमनमा जान तयार रहेको बताएका छन् । उनले भने, ‘यो कार्य नयाँ सिजनबाट हुनेछ र २०१९ सम्म यसको बिषयमा कुनै फैसला हुँदैन ।’
वेम्बली २०२० को युरोको दोरान सात खेल पहिलोनै आयोजना गर्दैछ र २०२१ मा युरोपीयन महिला च्याम्पियनसिपको समेत आयोजना गर्दैछ ।
२०१८ को विश्वकप आयोजनामा इंग्ल्यान्ड असफल रहेको थियो । जसमा इंग्ल्यान्डको तर्फबाट पुर्व प्रधानमन्त्री डेविड क्यामरोन, पुर्व कप्तान डेभिड बेखम र प्रिन्स विलियमले बोली लगाएका थिए ।
२०२६ को विश्वकप घोषणा पारदर्शीताले २०३० को विश्वकप आयोजना गर्ने जिम्मा इंग्ल्यान्ड पाउने सम्भावना रहेको बाताइएको छ ।
फिफा उपाध्यक्ष डेविड गिलले इंग्लयान्डको महान आत्मविश्वास हुनु पर्ने जुनमा बताएका थिए । तर, विश्वकपको १०० बर्षमा हुने विश्वकप २०३० का लागि अर्जेन्टिना, उरुग्वे र पाराग्वेले सोच्नु पर्ने बिषय हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४