बिहीबार, असार ११, २०८३

ठेकेदारलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन दिन आदेश

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार उक्त व्यवस्थाअनुसार ठेक्कापट्टामा संलग्न व्यक्ति (ठेकेदार) लाई निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको हो।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं- सर्वोच्च अदालतले स्थानीय तहको ठेक्का–पट्टामा संलग्न व्यक्तिलाई स्थानीय तहको निर्वाचनमा कुनै पनि स्थानीय तहबाट उम्मेदवार हुन नपाउने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।

National life

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार उक्त व्यवस्थाअनुसार ठेक्कापट्टामा संलग्न व्यक्ति (ठेकेदार) लाई निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था  कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको हो।

आदेशमा भनिएको छ, 'कानुनले निर्धारित योग्यता पुगेको र प्रचलित कानुनमा तोकिएको अन्य अयोग्यता नभए निजले मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणापत्रको देहाय (ठ) बमोजिम गरिएको स्वघोषणाका आधारमा निजलाई २०७९/१/३० मा हुन गइरहेको स्थानीय तहको उम्मेदवार हुनबाट नरोक्नु।'

अदालतले स्थानीय तहको निर्वाचनमा आफ्नो ठेक्का कारोबार भएको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा ठेकेदारलाई उम्मेदवारको मनोनयन दर्ता गर्न दिन भनेको छ। 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई व्यवस्थित गर्न बनाएको स्थानीय तह निर्वाचन निर्देशिकाअन्तर्गतको ‘स्वघोषणा गर्नुपर्ने व्यवस्था’ मा स्थानीय तहको ठेक्का पट्टामा संलग्न व्यक्तिलाई यही वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार हु्न नपाउने व्यवस्था गरेको थियो।

Shivam cement

प्रकाशित: Apr 20, 2022| 20:40 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...