बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सुरक्षा चुनौती भएको ठाउँमा हेलिकोप्टरबाट गस्ती गरिन्छ : गृहमन्त्री खाड

सुरक्षा चुनौती भएको ठाउँमा हेलिकोप्टरबाट गस्ती गरिन्छ : गृहमन्त्री खाड

गृहमन्त्री बालकृष्ण खाडले स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि हवाई गस्ती गरिने बताएका छन्। आफ्नै निवास रुपन्देहीको तिलोत्तमामा बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाडले यस्तो बताएका हुन्।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

बुटवल- गृहमन्त्री बालकृष्ण खाडले स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि हवाई गस्ती गरिने बताएका छन्। आफ्नै निवास रुपन्देहीको तिलोत्तमामा बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाडले यस्तो बताएका हुन्। 

National life

अहिले एकैपटक स्थानीय तहको निर्वाचन हुने भएकाले सुरक्षालाई मजबुद बनाउनको लागि  नेपाली सेनासँग भएका हेलिकप्टर र निजी हेलिकोप्टरको प्रयोग गरेर गस्ती बढाइने बताए। ‘सुरक्षा चुनौती देखिएका स्थानमा तत्काल शसस्त्र प्रहरी बललाई पुराउने गरि हेलिकप्टरको ब्यवस्थापन गरिनेछ,’ उनले भने। 

गृहमन्त्री खाडले अहिलेको स्थानीय तहको निर्वाचनमा यस अघिका चुनावमा भाग नलिएका दलहरुले  पनि भाग लिने बताए। विप्लव नेतृत्वको नेकपालाई पनि चुनावमा ल्याउँनको लागि बर्ता भईरहेको उँहाले बताउँदै दलहरु चुनावमा जाँदा देशमा शान्ति स्थापना हुने जिकिर गरे।  

एक अर्को प्रसंगमा खांणले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सर्वोच्च पुर्नबहाली गरेको निर्णयलाई स्वीकार गर्ने समेत बताए। स्थानीय तहको निर्वाचनलाई लक्षित गरी खाड रुपन्देही आएका हुन्।‍

प्रकाशित: Apr 20, 2022| 19:33 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...