बिहीबार, असार ११, २०८३

कांग्रेसलाई कसैको बैशाखी आवश्यक छैन : शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखीको आवश्यकता नभएको बताएका छन्।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखीको आवश्यकता नभएको बताएका छन्। बुधवार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई कसैको बैशाखीको आवश्यकता नपर्ने बताएका हुन्। 

National life

निर्वाचनमा कांग्रेस एक्लै लडेपनि गन्तव्यमा पुग्न सकिने उनको भनाइ छ। नेता कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको निर्णय विपरीत गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर जिल्लामा निर्णय पठाइएको समेत आरोप लगाए। 

३६ लाख नयाँ मतदाता थपिएको उल्लेख गर्दै नयाँ मतदातालाई कांग्रेस बनाउन नसके कांग्रेस कमजोर हुने उनको भनाइ थियो। कांग्रेसका कार्यकर्ताले अर्को पार्टीमा स्वस्तिक चिन्ह लगाउनुपर्ने अवस्था आएको भन्दै उनले यसको लेखाजोखा निर्वाचन पछि गर्ने पनि बताए। 

‘आज के, कति कारणले, किन, हामीहरु कम्युनिष्टहरुसित मिलेर, गठबन्धन गरेर, अगाडी गइराख्या छौँ ? के कारणले नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयलाई पन्छाएर शीर्ष नेताहरु गठबन्धनको बैठकमा निर्णयहरु गरेर जिल्ला–जिल्लामा पठाइरहनु भएको छ ? के हामी कमजोर छौँ? मलाई लाग्दैन नेपाली कांग्रेस कमजोर छ। मलाई लाग्दैन नेपाली कांग्रेस एक्लै लड्यो भनेपनि हामी हाम्रो गन्तव्यमा पुग्न सक्छौँ भन्ने मलाई आत्मविश्वास छ,' नेता कोइरालाले भने, 'हामीहरु के कारणले कम्युनिष्टहरुसित मिलेर स्थानीय निर्वाचनमा अगाडी गइराखेका छौँ? ३६ लाख नयाँ भोटर छन्। ३४ प्रतिशत हामिसित भोट छ। त्यसलाई ४० प्रतिशत कसरी बनाउने ? त्यो ३६ लाख भोटरलाई हामीहरुले नेपाली कांग्रेस बनाउन सकेनौँ, त्यसमध्ये १० लाख, २० लाख गरेर हामीले अगाडी बढाउन सकेनौँ भने नेपाली कांग्रेस फेरी कमजोर हुन्छ। अघि हामीले कानेखुशी गर्दै थियौँ गगनजीले मलाई भन्नुभयो- दाई, कस्तो बिडम्बना भयो हामीहरुलाई, हामीहरुले त अर्को पार्टीको छापमा स्वस्तिक चिन्ह लगाउनुपर्ने भो भनेर भन्दै हुनुहुन्थ्यो। यो अवस्था किन आयो? के कारणले आयो? त्यसको लेखाजोखा यो निर्वाचनपछि हामी गरौँला। तर यो निर्वाचन नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन तपाईहरु घर घर गएर जिताउनु हुनेछ भन्ने विश्वास पनि लिएको छु। नेपाली कांग्रेसलाई कसैको वैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता छैन।'

प्रकाशित: Apr 20, 2022| 18:16 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...