बिहीबार, असार ११, २०८३

कम्युनिस्टसँग डराउनुपर्ने स्थिति अन्त्य गर्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस कम्युनिस्ट पार्टीसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन्। बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस कम्युनिस्ट पार्टीसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन्।  बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। 

National life

नेपालको राजनीतिमा कम्युनिस्टहरुको द्वैध चरित्र बारुम्बार देखिएकोले अहिले कांग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित उनको टिप्पणी छ। महामन्त्री थापाले कांग्रेससँग रहेका ३२ लाख मतदाता भन्दा माथि बढाउन नसक्ने सोचाइ राखेर अघि बढ्ने हो भने हरेक पटक नेपाली कांग्रेस कम्युनिस्टहरुसँग डराएर बस्नुपर्ने बाध्यता सिर्जना हुने उनको टिप्पणी छ। यदी सबै क्षेत्रमा कांग्रेस हार्छ भन्ने सोचाइले अघि बढेमा बारम्बार कम्युनिस्ट पार्टीहरुले तर्साउने उनको भनाइ थियो। 

‘मैले नजिकबाट हेर्दै गर्दा नेपालको राजनीतिक पक्षमा नेपालमा कम्युनिस्ट पार्टीहरु एकै पटक मिलेर सरकारमा बसेको पनि देख्यौँ। तुरुन्त नेपाली कांग्रेससँग बसेर सरकार बनाएको पनि देख्यौँ। सरकारमा बस्दा बस्दै आधाले छोडेर गएर अर्को पार्टीसँग मिलेर चुनाव लड्न गएको पनि देख्यौँ। रातारात पार्टी नै बनाएको पनि देख्यौँ। रातारात पार्टी नै तोडेको पनि देख्यौँ। यो सबै कुराबाट मैले बुझेको र मैले हरेको कुरा के हो भने नेपाली कांग्रेस पार्टीसँग ३०/३२ लाख मतदाता छन्। हामी त्यसमा चित्त बुझाउने हो? त्यसभन्दा हाम्रो मतदाता बढ्दैन भन्ने कुरा ठान्ने हो र हामीले हिम्मत नगर्ने हो भने हामी निरन्तर रुपमा कुनै न कुनै कम्युनिस्ट पार्टीको डरमा हामी बाँचिरहनु पर्ने हुन्छ,' महामन्त्री थापाले भने, 'हामी अहिले डराउने भयौँ। हामीले सँगै लिएर नहिडे अर्को कम्युनिस्ट पार्टीसँग गएर मिल्ने हो कि भन्ने डरमा भयौँ। यो चुनावसम्ममा यो चुनाव सकिएपछि फेरि ठूलो चुनाव आउँछ। ठूलो चुनावमा झनै तर्साउने भए। मिल्दिउँ, गइदिउँ उता, छोडिदिउँ भन्दा होइन, होइन भन्नुपर्ने भयो। फेरि मिल्ने भयौँ। फेरि मिल्दा चुनाव पनि जितौँला। चुनाव जितेको भोपिल्ट दिने हो कि होइन भन्ने भए। फेरि हामी डराउने भयौँ।’

महामन्त्री थापाले कुनैपनि ठाउँमा तालमेल गर्ने कि नगर्ने भनेर निर्णय गर्ने हक र अधिकार महानगर र उपमहानगरको सम्बन्धमा केन्द्रीय समितिसँग भएको र बाँकी सबै ठाउँको अधिकार, जिल्ला र त्यो भन्दा तलका तहलाई अधिकार दिएको उल्लेख गरे। ढिलोचाँडो नेपालका कम्युनिस्टहरू एक हुने भन्दै महामन्त्री थापाले नेपालका सबै कम्युनिस्ट एकै ठाउँमा हुँदा पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउने आफ्नो लक्ष्य रहेको बताएका थिए। 

प्रकाशित: Apr 20, 2022| 18:09 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...