काठमाडौं– सत्तारुढ पाँचदलीय गठबन्धनले आशन्न स्थानीय निर्वाचनका लागि ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएको छ।
आज दिउँसोदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले भागबण्डा टुंगो लगाएको हो। सहमतिअनुसार कांग्रेसले ३ महानगर र ७ उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ। कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेका छन्। उपमहानगरपालिकातर्फ धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको मेयर कांग्रेसले पाएको छ।
नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जितपुरसिमरा र घोराही उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ।
नेकपा एसले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिका पाएको छ भने जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाएको छ।
यसरी भयाे भागबण्डा