आइतबार, साउन ३१, २०८३

मेयर सिफारिसबारे छलफल गर्दै कांग्रेस काठमाडौं महानगर

आशन्न स्थानीय निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सिफारिस गर्नेबारे छलफल गर्न नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिको बैठक बसेको छ।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं– आशन्न स्थानीय निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सिफारिस गर्नेबारे छलफल गर्न नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिको बैठक बसेको छ। 

कार्यसमिति सचिव पुरूषोत्तम खकुरेलका अनुसार बैठकमा मेयरको उम्मेदवार सिफारिस गर्नेबारे छलफल भएको थियो। उनले भने, ‘स्थानीय चुनाव केन्द्रित बैठक बसेको हो। मेयरका लागि नाम सिफारिस गर्नेबारे छलफल चलिरहेको छ।’

महानगर समितिले सभापति नीलकाजी शाक्यको नाम सिफारिस गर्ने यसअघि नै गरिसकेको छ। अन्य पनि आकांक्षी भएकाले थप छलफल भएको हो।

काठमाडौंको मेयरका लागि प्रगतिमान रञ्जित, अहिलेकी उपमेयर हरिप्रभा खड्गी, नेता तीर्थमान डंगोल, महाधिवेशन प्रतिनिधि सिर्जना सिंह, महानगर सचिव सुशन वैद्य, प्रदेश सभा सदस्य नरोत्तम वैद्य, महाधिवेशन प्रतिनिधि सपना जोशीलगायत आकांक्षी छन्।

सत्ता गठबन्धनमा भएको भागबण्डाअनुसार काठमाडौंको मेयर कांग्रेसले पाउने निश्चित भइसकेको छ। 

प्रकाशित: Apr 20, 2022| 16:00 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...