आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय निर्वाचनमा जसपाको मुद्दा संविधान संशोधन र पुनर्लेखन [घोषणापत्रको पूर्णपाठ]

स्थानीय निर्वाचनमा जसपाको मुद्दा संविधान संशोधन र पुनर्लेखन [घोषणापत्रको पूर्णपाठ]

जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्दै संविधान संशोधन र पुनर्लेखनको मुद्दा उठाउने बताएको छ।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्दै संविधान संशोधन र पुनर्लेखनको मुद्दा उठाउने बताएको छ। 

घोषणापत्रमा भनिएको छ, ‘संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, सकारात्मक विभेद, सामाजिक न्याय र समाजवाद हाम्रो संविधानका वैचारिक आधारस्तम्भ हुन्। जनता समाजवादी पार्टीले स्थानीय तहको सञ्चालन गर्दा यी संवैधानिक अभिप्रेरणालाई सर्वथा आत्मसात् गर्नेछ। तर, यो संविधान जारी गर्दाको बखत हाम्रो पार्टीका केही गम्भीर सैद्धान्तिक विमति थिए। विशेषतः पहिचानमा आधारित प्रदेशको रचना, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहितको शासकीय स्वरूप, प्रदेशका क्षेत्राधिकार, बहुभाषिक तथा बहुसंस्कृतिवादमा आधारित राज्य तथा नागरिकतासम्बन्धी केही प्रावधानहरू हाम्रा अहिलेको संविधानसँग विमतिका विषय हुन्। तसर्थ स्थानीय निर्वाचनको अभियान सञ्चालन गर्दै गर्दा संविधान संशोधन तथा पुनर्लेखनको पक्षमा पार्टीले जनआवाजलाई अझ जोडले मुखरित गर्नेछ।’

स्मरण रहोस्, संविधान जारी गर्दा असहमति राखेको जसपा अहिले यही संविधानअन्तर्गतका चुनावमा भाग लिँदैछ र सरकारमा समेत सहभागी हुँदै आएको छ।

यस्तो छ जसपाको घोषणापत्र


प्रकाशित: Apr 20, 2022| 15:45 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...