आइतबार, साउन ३१, २०८३

राप्रपाको घोषणापत्र : सुत्केरीलाई तीन महिनासम्म तीन हजार भत्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आशन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आशन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।

मंगलबार घोषणापत्र सार्वजनिक गर्दै उसले आफ्नो पार्टीले चुनाव जिते सुत्केरी महिलालाई मासिक ३ हजारका दरले तीन महिनासम्म भत्ता दिने घोषणा गरेको छ। घोषणापत्रमा भनिएकाे छ, ‘प्रत्येक वडामा प्रसूती सेवा उपलब्ध गराइनेछ र निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिइनेछ।’

स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, क्यान्सर मिर्गौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता, प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप, प्रत्येक स्थानीय तहमा न्यूनतम एक सुलभ औषधि पसलको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ। सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ।

प्रकाशित: Apr 20, 2022| 15:26 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...