शनिबार, असोज २४, २०८३

वैशाख ७ गते हरेक वर्ष एमालेले युवा उत्सव मनाउने

नेकपा एमालेले हरेक वर्षको वैशाख ७ गतेलाई युवा उत्सव मनाउने भएको छ।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं– नेकपा एमालेले हरेक वर्षको वैशाख ७ गतेलाई युवा उत्सव मनाउने भएको छ। पार्टी अध्यक्ष केपी ओलीले आज ललितपुरको गोदावरीमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन्। 

पार्टीले आयोजना गरेको ‘युवासँग म’ नामक कार्यक्रममा उनले हरेक वर्षको वैशाख ७ गते युवा उत्सव मनाउने र युवासँग अन्तरक्रिया गर्ने बताएका हुन्।

उनले भने, ‘अब हामी हरेक वर्ष युवा उत्सव मनाउनेछौं। युवाहरूको फिलिङ वा आकांक्षाहरूको सन्दर्भमा कुरा सुन्नेछौं। त्यस विषयमा दृष्टिकोण पनि प्रस्तुत हुने पहिलो प्रयास हो यो।’


प्रकाशित: Apr 20, 2022| 15:11 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...