बिहीबार, कात्तिक १२, २०८३

'फिल्म साउथ एसिया २०२२' बिहीबारदेखि

दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सव ‘फिल्म साउथ एसिया–२०२२’ भोलि बिहीबारदेखि ललितपुरमा सुरु हुने भएको छ।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं– दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सव ‘फिल्म साउथ एसिया–२०२२’ भोलि बिहीबारदेखि ललितपुरमा सुरु हुने भएको छ। महोत्सवको यो १३ औं संस्करण हो, जसमा आठ मुलुकका ७१ फिल्म प्रदर्शन हुने भएका छन्।

आगामी आइतबारसम्म पाटनढोकास्थित यलमाया केन्द्रमा चल्ने फेस्टिभलको थिम यसपटक ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ राखिएको छ। कोरोना महामारीपछि पहिलोपटक भौतिक रुपमै यसपटक महोत्सव हुन लागेको हो।

भारतीय गायिका, संगीतकार र गीतकार सोना मोहापत्रबारे बनेको वृत्तचित्र ‘सट अप सोना’को प्रदर्शनसँगै महोत्सव सुरु हुने तय भएको छ। उद्घाटनमा सोना उपस्थित हुने आयोजकले जनाएको छ।

महोत्सवमा दक्षिण एसियाली मुलुकका सामाजिक, सांस्कृतिक आन्दोलनसहित मानव अधिकार, वातावरण र मानवीय मूल्यका आयामबारे प्यानल छलफल समेत आयोजना गरिने आयोजकको भनाइ छ। साथै यसअघि विभिन्न फिल्म महोत्सवमा अवार्ड जितेका नेपाली वृत्तचित्र पनि प्रदर्शन गरिनेछ।


प्रकाशित: Apr 20, 2022| 14:49 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।