बिहीबार, असार ११, २०८३

उपमहानगरको भागबण्डा गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं– सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। आशन्न स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका दलका शीर्ष नेताहरु उपमहानगरपालिका भागबण्डाका लागि छलफलमा जुटेका हुन्। 

National life

आजको बैठकले ११ वटा उपमहानगरको भागबन्डा गर्ने बताइएको छ। हिजो राति अबेरसम्म बसेको बैठकले सहमति निकाल्न नसकेपछि नेताहरु आज बसेका हुन्। 

१० वटा उपमहानगरमा लगभग भागबण्डा मिले पनि जनकपुरमा दुई पार्टी कांग्रेस र जसपाको दाबी छ। कांग्रेसले धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान उपमहानगर पाउने बताइएको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले घोराही र जितपुर सिमरा लिने र नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगर पाउने भएको छ।

६ महानगरको भागबन्डा भने मिलिसकेको छ। काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसले, पोखरा एकीकृत समाजवादीले, वीरगञ्ज जसपाले र भरतपुर नेकपा माओवादी केन्द्रले लिने गरी सहमति भएको छ।

प्रकाशित: Apr 20, 2022| 13:58 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...