बिहीबार, असार ११, २०८३

दाङमा चुनावी तयारी तीव्र

जिल्लाभर दुई लाख ८०१ पुरुष, दुई लाख नौ हजार ९९ महिला र दुई जना अन्य गरी कूल चार लाख नौ हजार ९०२ मतदाता रहेको छ। निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन कार्यालयले तयारीलाई तीव्र पारेको छ।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

दाङ- आसन्न स्थानीय तह निर्वाचनका लागि दाङमा चार लाख नौ हजार ९०२ मतदाता कायम भएको छ। 

National life

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी नारायणप्रसाद भण्डारीका अनुसार जिल्लाभर दुई लाख ८०१ पुरुष, दुई लाख नौ हजार ९९ महिला र दुई जना अन्य गरी कूल चार लाख नौ हजार ९०२ मतदाता रहेको छ। निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन कार्यालयले तयारीलाई तीव्र पारेको छ।

सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी मतदानस्थलको अवलोकन तथा वर्गीकरण गरिसकेको छ। यसपटक स्थानीय तहको निर्वाचनका लागि जिल्लामा  १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए।

उनका अनुसार तीमध्ये १३६ मतदानस्थल संवेदनशील, पाँच अतिसंवेदनशील र ११ वटा मतदानस्थललाई सामान्य रुपमा वर्गीकरण गरिएको छ।

निर्वाचनलाई दृष्टिगत गरी  प्रदेशस्तरीय तालिम तथा छलफल भइसकेको र अब जिल्लामा निर्वाचन कार्यालय स्थापना भएपछि निर्वाचनमा परिचालन हुने कर्मचारी, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिने तयारी भइरहेको बताइएको छ।  

Shivam cement

मतदानलाई निष्पक्ष भयरहित बनाउन सुरक्षा निकायसँग विभिन्न चरणमा बैठक तथा छलफल गरिरहेको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए। त्यस्तै केही दिनमा विभिन्न राजनीतिक दल र सञ्चारकर्मीहरुसँग आचारसंहिताका विषयमा छलफल गरिने कार्यालयले जनाएको छ।

हालसम्म निर्वाचनमा आवश्यक पर्ने मतपेटिका तयारी अवस्थामा राखिसकेको जनाइएको छ। मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्राविधिकलाई तालिम दिइसकेको छ। जिल्लामा आगामी वैशाख ८ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलेपछि थप तयारीलाई तीव्र पारिने निर्वाचन अधिकारी भण्डारीको भनाइ छ। 

यता दलहरुलाई उम्मेदवारी चयनमा भने सकस परेको छ। दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको  जिल्लामा  पाँच दलीय गठबन्धनले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन।

प्रकाशित: Apr 20, 2022| 13:19 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...