शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रशिक्षणका सबै पक्षले भरिपूर्ण ग्वार्डिओला

बार्सिलोनामा परेसँगै उनले पहिलो पटक च्याम्पियन्स लिगमा डेब्यु गरे। उनको प्रतिद्वन्द्वी थियो पोलिस क्लब विस्ला क्राको। त्यसलाई सहजै हराउन उनलाई गाह्रो भएन। सहज जितका साथ आफ्नो पहिलो प्रतिस्पर्धा सुरु गरे।
 |  बुधबार, वैशाख ७, २०७९
nespernesper

शिशिर बस्नेत

शिशिर बस्नेत

बुधबार, वैशाख ७, २०७९

अहिले विश्वमा खेलिने फुटबल शैलीको अध्ययन गर्ने हो भने धेरै आयाम भेटिन्छन्। कुनै एउटै मात्र खेललाई लिएर त्यसमा प्रयोग भएका सिद्धान्तहरुको बयान गर्न पनि लामै समय चाहिन्छ। त्यसैले अब फुटबल केवल एक खेल मात्र रहेन। यो त रणनीति, सिद्धान्त, शारीरिक क्षमता, आत्मविश्वास लगायतका कुराहरुको संगम बनिसकेको छ।

himalayan bank box

फुटबलका यी सबै पक्षहरुलाई सम्हालेर खेलाडीलाई मैदानमा उतार्न सक्ने प्रशिक्षकहरु नै अहिलेका स्टार प्रशिक्षक हुन्। यस्तोमा स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो स्थान मात्र बनाएका छैनन्, विरासत नै कायम गरेका छन्। विश्वकै सबैभन्दा ठूलो प्रिमियर लिगमा हरेक सिजनको उपाधि दावेदार रहिआएका छन् ग्वार्डिओला। त्यस्तै, युरोपकै सबैभन्दा ठूलो च्याम्पियन्स लिगमा नौ पटक सेमिफाइनल पुगेका एक्ला प्रशिक्षक पनि उनी नै त हुन्।

त्यसैले उनका महत्वपूर्ण विशेषता पनि छन्। फुटबललाई नयाँ रणनीतिक दृष्टिकोणबाट आधुनिकीकरण गर्न र खेलमा क्रान्तिकारी परिवर्तन गर्ने नयाँ शैलि (टिकि टाका) को विकास गर्ने उनको ठाउँ सायदै अरु कसैले लिन सक्ला।

उनी त यस्तो प्रशिक्षक बने कि जसको शैलीको विश्वभरिकै प्रशिक्षकहरुले प्रयोगमा ल्याउन चाहे। यसलाई पुष्टि गर्नका लागि उनको विगत नै काफी छ। उनको सफलता र उपलब्धिका शृंखलाहरुबाट त्यसलाई थप स्पष्ट पार्न सकिन्छ। बार्सिलोना, वायर्न म्युनिख र म्यानचेस्टर सिटी जस्ता ठूला क्लबहरुको प्रशिक्षण सम्हाल्दै ठूला स्टेजमा च्याम्पियन्स लिग, क्लब वर्ल्ड कपजस्ता ट्रफी जितेका उनी पेशाको शिखरमा पुगेका हुन्।

पेपले दुई वटा च्याम्पियन्स लिगसहित लगातार तीन स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगा र सुपर कप जिताए। त्यस्तै उनले दुई क्लब वर्ल्डकप, युईफए सुपर कप, कोपा डेल रे जितेका छन्। 

Metro Mart
vianet

ग्वार्डिओलाका गुण

बार्सिलोनासँगको चार वर्ष (२००८–२०१२) नै ग्वार्डिओलाका उत्कृष्ट वर्षहरु हुन्। त्यो समयमा उनले दुई च्याम्पियन्स लिग, दुई फिफा क्लब विश्वकप, तीन ला लिगा दुई कोपा डेल रे जिताए। त्यसो त उनी बार्सिलोनामा पुग्दा नै विश्वस्तरीय प्रशिक्षकको छनक दिइसकेका थिए। लगातार उपाधि जितेर त्यसलाई प्रमाणित गरेर देखाए उनले। सन् २०१९ को एकै सिजनमा छ उपाधि जितेर उनले इतिहास नै रचिदिए। समग्रताको कुरा गर्ने हो भने उनले बार्सिलोनालाई चार वर्षमा १४ उपाधि दिलाए।

बार्सिलोना छोडेर जर्मनी पुगेका पेपले युईएफए सुपर कपको उपाधि जितेर त्यहाँको च्याम्पियन क्लबसँग राम्रो सुरुवात गरेका थिए। उनले टिमलाई क्लब विश्वकपको उपाधि समेत जिताएका थिए। २०१३–१४, २०१४–१५ र २०१५–१६ मा लगातार तीन बुन्डेसलिगा पनि जिते। यो उनी बायर्न म्युनिखमा हुँदाको कुरा हो। अन्य प्रतियोगिताहरूमा दुई जर्मन कप, एक युइफए सुपर कप जिते। बायर्न बसाइका दौरान उनले तिन सिजनमा सात उपाधि आफ्नो नाम गरे।

उनको प्रशिक्षण निखारिँदै थियो। त्यसैक्रममा उनी फेब्रुअरी २०१६ को पहिलो दिन म्यानचेस्टर सिटीको प्रशिक्षक घोषणा भए। सिटीलाई दुई वर्षअघि मात्र सिटी फुटबल ग्रुपले आफ्नो मातहतमा लिएको थियो। त्यसयता उसले क्लबमा ठूला परिवर्तन गरिरहेको थियो। त्यहि परिवर्तनको एक साक्षी हुन् ग्वार्डिओला।

त्यसपछि उनले क्लब र प्रिमियर लिगमा उत्कृष्ट अनुभव बटुलिसकेका छन्। उनले त्यहाँ रहेर नयाँ शैली र ढाँचा प्रयोगमा ल्याए। ती नयाँ ढाँचाले केही ठूला क्लबविरुद्ध घरेलु मैदानमा उनको लागि काम गरेको छ। ग्वार्डिओलाले सिटीलाई प्रिमियर लिगमा ब्याक टु ब्याक उपाधि दिलाउनुका साथै च्याम्पियन्स लिगको फाइनल पुर्याएका छन्। त्यसैले त होला पेप अहिले जोसे मोरिन्हो, कार्लो एन्सेलोटी, एन्टोनियो कोन्टे, हान्सी फ्लिक, योर्गेन क्लोपसँगै विश्वको सबैभन्दा ठूला फुटबल प्रशिक्षक मध्ये एक मानिन्छन्।

पेप आफ्ना खेलाडीहरूलाई स्पष्ट नियतका साथ बल पास गर्न सुझाव दिन्छन्। यो करणले विपक्षीको पोलमा बल पुर्याउन सहज हुने उनका खेलाडीले देखाएको प्रदर्शनले पनि देखाउँछ। उनका खेलाडीहरू विपक्षीलाई आफ्नो पकडमा राख्न सक्दो प्रयास गर्छन्। त्यो प्रयासले खेलमा अगाडि बढ्न शक्ति र बल दिन्छ। ग्वार्डिओलाको खेल शैलीमा प्रयोग गरिने यो प्रयोगले गर्दा विपक्षीलाई आफ्ना खेलाडीहरूबाट उच्च दबाबको सामना गर्न पुग्छन्। त्यसले आफ्ना डिफेन्डरलाई सहज हुन्छ।

बार्सिलोना बसाइको समयमै अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी आफ्नो उच्च फर्ममा थिए। उनले एकै सिजन ९१ गोल गरेको रेकर्डले जो कसैलाई पनि अचम्मित बनाउँछ। फुटबलका महान हस्तीका रुपमा लिइने मेस्सीको उदयमा उनको प्रत्यक्ष हात छ। जसले गर्दा पेपको बार्सिलोनामा प्रशिक्षकको यात्रा सफल हुन पुगेको थियो। पेपको प्रशिक्षणका दौरान मेस्सीले लगातार चार सिजन चार बालोन डी’ओर जितेका थिए। मेस्सीको पिताका उपनामका रुपमा समेत पेप विश्वभरि चर्चित रहेका छन्।

बार्सिलोनामै उदाएका प्रशिक्षक

बार्सिलोना बी टिमको सफलतापछि पेपले डच म्यानेजर फ्रांन्क रिजकार्डको ठाउँमा आफूलाई पाएका थिए। अर्थात् उनले बार्सिलोना सिनियर टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए। सन् २००८ मा क्याटलान क्लबसँग उनको पहिलो सिजनले क्लबमा नयाँ युगको सुरुवात भयो। आफ्नो पहिलो सिजनको अन्त्यमा उनले बार्सिलोनाबाट स्पेनिस ला लिगाको उपाधि सुरक्षित गर। यससँगै बार्सिलोनाले तीन वर्षको प्रतीक्षा समाप्त भएको थियो। त्यति बेला उनले बार्सिलोनामा नयाँ पुस्ता उत्पादन गरिरहेका थिए, जसले उनलाई कोपा डेल रे को उपाधि जिताउन सहयोग गर्यो।

बार्सिलोनामा परेसँगै उनले पहिलो पटक च्याम्पियन्स लिगमा डेब्यु गरे। उनको प्रतिद्वन्द्वी थियो पोलिस क्लब विस्ला क्राको। त्यसलाई सहजै हराउन उनलाई गाह्रो भएन। सहज जितका साथ आफ्नो पहिलो प्रतिस्पर्धा सुरु गरे। त्यस्तै, स्ट्यामफोर्ड ब्रिजमा सम्पन्न दोस्रो लेगमा क्लबलाई फाइनलमा पुर्याउन एन्ड्रेस इनिएस्टाले अन्तिम मिनेटमा गोल गरे। त्यो चेल्सीविरुद्धको खेल थियो। च्याम्पियन लिगको फाइनलमा पेप ग्वार्डिओलाले म्यानचेस्टर युनाइटेडलाई हराएर उपाधि जितेका थिए। जसले गर्दा च्याम्पियन्स लिग जित्ने टोलीको प्रशिक्षक बन्ने सबैभन्दा कान्छो व्यक्ति पनि बने पेप।

पेपले क्याटलान क्लबबाट २००९ मा छ वटा ट्रफी जिते। बार्सिलोनाको इतिहासमा त्यो नयाँ कुरा थियो। ला लिगा, कोपा डेल रे, यूईएफए च्याम्पियन्स लिग, सुपर कोपा डे स्पाना, यूईएफए सुपर कप र फिफा क्लब विश्व कपजस्तो ठूला उपाधि एकै वर्षमा जित्नु साँच्चै बार्सिलोनका फ्यानका लागि कल्पनाभन्दा बाहिरको कुरा थियो। वर्षभरिको सबै उपाधि जित्ने इतिहासकै पहिलो प्रशिक्षक बने क्लोप।

दुई वर्षपछि उनले बार्सिलोनालाई च्याम्पियन्स लिगको सफलतामा फर्काए। क्लबलाई ला लिगा र च्याम्पियन्स लिगको डबल उपाधि जितेपछि पेपले क्याटलान संसद्को स्वर्ण पदक प्राप्त गरेका थिए। उपाधि जित्ने मात्र नभई ‘सही’ तरिकाले खेल्दा खेल कत्तिको सौन्दर्य हुन सक्छ भन्ने फुटबलप्रतिको मानिसको दृष्टिकोणलाई पनि परिवर्तन गरे उनले।

त्यतिबेला स्पेनमा टिकीटाका धेरै चर्चित थियो। बार्सिलोना मात्र होइन स्पेनिस राष्ट्रिय टिमको शैली पनि त्यहि टिकी टाका नै बनेको थियो। जसले गर्दा स्पेनले पनि सन् २००८ र २०१२ मा युरोकप र सन् २०१० मा विश्वकप जितेको थियो। त्यसको अप्रत्क्ष श्रेय ग्वार्डिओलालाई पनि जान्छ। पेप ग्वार्डिओलाले सिजन २०१२ को अन्त्यमा प्रशिक्षकको पदबाट राजीनामा दिए।

बायर्न म्युनिख

पहिलो सिजनमा बायर्न म्युनिखसँग सुपर कप जितेका पेपले २०१३ मा किंग्स कासाब्लान्कालाई हराएर फिफा क्लब विश्वकपको उपाधि जितेका थिए। सन् २०१३–१४ सिजनको अन्त्यमा पेपले बायर्नलाई आफ्नो २३ औं जर्मन बुन्डेसलिगा उपाधिको नेतृत्व गरे। त्यहाँ रहँदा उनले लगातार तीन बुन्डेसलिगा, दुई डिफबी कप र एक–एक युइफए सुपर कप र फिफा क्लब विश्व कप जिते।

म्यानचेस्टर सिटी

जर्मन क्लब बायर्न म्युनिखबाट बाहिरिएपछि २०१७ मा ग्वार्डिओला म्यानचेस्टर सिटीको व्यवस्थापक (प्रशिक्षक) मा नियुक्त भएका थिए। इङ्लिस प्रिमियर लिग(ईपीएल)मा नयाँ सिजन सुरु हुनु अघि उनले धेरै नयाँ खेलाडी अनुबन्ध गरे र म्यानचेस्टरमा रहिआएका र योजनामा फिट नहुने खेलाडीहरूलाई पनि क्लबबाट विदा गरे। पेपले इएफएल कपमा आर्सनललाई हराएपछि म्यानचेस्टर सिटीबाट पहिलो ट्रफी जितेका थिए। उनले कीर्तिमानी सय अंकसहित लिग जित्न सफल भए। त्यसको अर्को सिजनमा त उनको टिमले घरेलु ट्रेबल जित्यो।

उनले सिटीबाट प्रिमियर लिग, एफए कप, इएफएल कप र एफए कम्युनिटी शिल्डमा उपाधि कब्जा गरेका थिए। एफए कप र कम्युनिटी शिल्डमा कडा संघर्ष गर्ने लिभरपुललाई पराजित गर्दै प्रभावशाली नोटमा सिजनको सुरुवात गरे ग्वार्डिओलाले। उनले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगको फाइनलमा पनि पुर्याए, तर प्रिमियर लिगको प्रतिद्वन्द्वी चेल्सीसँग पराजित भयो।

सिटीले अहिलेसम्म गरेको लगानीबापत चाहेको सबैभन्दा ठूलो कुरा नै च्याम्पियन्स लिगको उपाधि हो। जुन अहिलेसम्म सिटीले जित्न सकेको छैन। प्रशिक्षकका हिसाबले फरक क्लबबाट ग्वार्डिओला युरोपियन च्याम्पियन भए पनि उनले सिटीलाई त्यो उपाधि दिलाउन सकेका छैनन।

यद्यपि च्याम्पियन्स लिगमा उनको उपस्थिति कमाजोर भने हुने गर्दैन। पेपले सिटीका लागि तिन प्रिमियर लिग, एक एफए कप, दुई एफए कम्युनिटी सिल्ड तथा लगातार चार पटक इफएल कप पनि जितिसकेका छन्।

– समाचार एजेन्सीहरुको सहयोगमा

प्रकाशित: Apr 20, 2022| 07:21 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।