आइतबार, साउन ३१, २०८३

गठबन्धनले टुंग्यायो ६ महानगरका उपमेयर पनि, कसलाई कहाँ?

लामो रस्साकस्सीबीच सत्तारुढ गठबन्धनमा रहेका दलहरुले महानगरपालिकामा उपमेयरको टुंगो लगाएका छन्। देशभर रहेका ६ वटा महानगरपालिकाहरुमा उपमेयर कुन पार्टीलाई दिने भन्‍ने टुंगो लगाएका हुन्।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं- लामो रस्साकस्सीबीच सत्तारुढ गठबन्धनमा रहेका दलहरुले महानगरपालिकामा उपमेयरको टुंगो लगाएका छन्। देशभर रहेका ६ वटा महानगरपालिकाहरुमा उपमेयर कुन पार्टीलाई दिने भन्‍ने टुंगो लगाएका हुन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको मंगलबारको बैठकले सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको भागमा पर्साको वीरगञ्‍ज, चितवनको भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुखको उम्मेदवार उठाउने सहमति गरेको छ। 

त्यसैगरी माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको छ। नेकपा (एकीकृत समाजवादी)ले काठमाडौं र जनता समाजवादी पार्टी (जसपा)ले विराटनगर महानगरपालिकाको उपप्रमुख पाएको छ।

यसअघि गठबन्धनले माओवादी केन्द्रलाई भरतपुर, कांग्रेसलाई ललितपुर, काठमाडौं र विराटनगर, जसपालाई वीरगञ्‍ज र पोखरामा एकीकृत समाजवादी दिने सहमति गरेको थियो। पोखरामा कांग्रेस र एकीकृत समाजवादीको दाबी भए पनि अन्तिममा कांग्रेस पछि हटेको हो। 


प्रकाशित: Apr 19, 2022| 19:46 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...