बिहीबार, असार ११, २०८३

नेकपा (एस)का उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्ने

नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने आफ्ना उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने आफ्ना उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएको छ।

National life

पार्टीले मंगलबार सार्वजनिक गरेको स्थानीय तह निर्वाचन घोषणापत्रमा उम्मेदवारी मनोनयनको दिन नै उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्ने उल्लेख छ। ‘आम जनताले सुशासनको पहिलो अनुभूति स्थानीय सरकारकै माध्यमबाट गर्दछन्। त्यसैले स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त तथा सुशासनको केन्द्र बनाउनका लागि हाम्रो पार्टीले विशेष अनुगमन गरी आवश्यक उपाय अवलम्बन गर्ने छ,’ घोषणापत्रमा भनिएको छ।

स्थानीय सरकारको प्रमुख, उपप्रमुख र वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधिले आफ्नो व्यापार–व्यवसाय गरेको भए त्यसको कार्यकारी जिम्मेवारीबाट अलग भएको घोषणा गर्ने पनि पार्टीले जनाएको छ। एकीकृत समाजवादीले आफ्ना जनप्रतिनिधिलाई स्वार्थ बाझिने गरी सम्पत्ति प्रयोग गर्न नदिने दाबी गरेको छ।

‘हाम्रा जनप्रतिनिधिले आफ्नो कुनै पनि रूपको सम्पत्ति सम्बन्धित स्थानीय सरकारबाट भाडामा लिने गरी परिचालित गर्ने छैनन्,’ घोषणापत्रमा भनिएको छ, ‘आफ्नो पालिकाका विकास निर्माणमा ठेक्का लिने वा सामान आपूर्ति गर्ने खालका आर्थिक स्वार्थका काममा सामेल हुने छैनन्।’ घोषणापत्रमा भनिएको छ, ‘यस्ता काममा हाम्रा जनप्रतिनिधिले पालिकाको कुनै पनि स्रोतसाधन प्रयोग गर्ने छैनन्। पालिकाका भवन लगायतका साधन भाडा तिरेर मात्रै प्रयोग गर्ने प्रचलन रहेमा हाम्रो दलका जनप्रतिनिधिले पालना गर्नेछन्।’

सुशासन कायम भएमा मात्रै सरकारले अघि सारेका नीति योजना र कार्यक्रम कार्यान्वयन हुनसक्ने भन्दै एकीकृत समाजवादीले त्यसका लागि विशेष कार्यक्रम अघि सार्ने दाबी गरेको छ। घोषणापत्रमा उसले भनेको छ, ‘फजुल खर्च नियन्त्रण गरी प्रशासनिक खर्च कटाउने, साधारण खर्च कम गर्ने र विकास खर्च बढाउने काम गरिने छ।’

Shivam cement

प्रकाशित: Apr 19, 2022| 17:45 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...