बिहीबार, असार ११, २०८३

बहालवाला जनप्रतिनिधि चुनावमा उठ्न नपाउने

बहालवाला जनप्रतिनिधिले चुनावमा उम्मेदवारी दिन नपाउने भएका छन्।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९
National life
Shivam cement

काठमाडौं– बहालवाला जनप्रतिनिधिले चुनावमा उम्मेदवारी दिन नपाउने भएका छन्। जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिताविरुद्धको रिट सर्वोच्च अदातलतले खारेज गरिदिएपछि जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनैपर्ने भएको हो। 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको उक्त प्रावधानविरुद्ध रिट दायर गरेका थिए। सर्वोच्चले सो रिट खारेज गरेसँगै हालका जनप्रतिनिधिले उम्मेदवारी दिने भए पदबाट राजीनामा दिनुपर्ने भएको छ।

मंगलबार न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णयलाई सदर गरेको हो। निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सरकारी कोषबाट पारिश्रमिक तथा आर्थिक सुविधा पाउने व्यक्तिले लाभको पद धारण नगरेको स्वघोषणा गर्दै स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने बाध्यकारी संहिता लागू गरेको छ।

प्रकाशित: Apr 19, 2022| 17:12 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...