काठमाडौं– पहिलोपटक चुनावमा भाग लिन लागेको पार्टी नेकपा (एकीकृत समाजवादी)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा पार्टी अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्।
नेकपा एमालेबाट चिढिएर नयाँ पार्टी गठन गर्नुपरेको घोषणापत्रमा उल्लेख छ। साथै घोषणापत्रमा अध्यक्ष नेपाल नेतृत्वको सरकारले गरेका काम र आफ्नो गाउँ आफै बनाऔं जस्ता कार्यक्रमको पनि बयान गरिएको छ।
निःशुल्क खानेपानी, सुखी जिन्दगानीको नारा लिएको पार्टीले घोषणापत्रमा प्रत्येक घरपरिवारलाई मासिक २ सय युनिट बिजुली निःशुल्क उपलब्ध गराउनेदेखि भ्रष्टाचार निर्मूल पार्नेसम्मका विषय समेटेको छ।
यस्तो छ घोषणापत्र