आइतबार, साउन ३१, २०८३

नेकपा (एस) एक्लै पनि चुनाव लड्न तयार

नेकपा (एकीकृत समाजवादी)ले अहिलेको गठबन्धनलाई संसदीय चुनावसम्म लैजाने बताएको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले अहिलेको गठबन्धनलाई संसदीय चुनावसम्म लैजाने बताएको छ।

मंगलबार स्थानीय तहको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उसले तर आफ्नो इमान्दारितालाई कमजोरी ठानिए एक्लै भए पनि निर्वाचन लड्न तयार रहेको उल्लेख गरेको छ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले ‘आकाशमा प्रतिगमनको कालो छाया पुनः आउन सक्ने सम्भावनाका कारण गठबन्धनमा जोड दिइरहेको बताए।

पहिलोपटक चुनावी मैदानमा उत्रिन लागेको नेकपा (एस)ले घोषणापत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔंलगायत कार्यक्रम पनि समावेश गरिएको छ। 

पुष्पलाल लोकमार्गको सुरुवात

निःशुल्क खानेपानी, सुखी जिन्दगानीको नारा लिएको पार्टीले घोषणापत्रमा प्रत्येक घरपरिवारलाई मासिक २ सय युनिट बिजुली निःशुल्क उपलब्ध गराउनेदेखि भ्रष्टाचार निर्मूल पार्नेसम्मका विषय समेटेको छ।

प्रकाशित: Apr 19, 2022| 15:42 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...