आइतबार, साउन ३१, २०८३

कांग्रेसमा 'एक्जिट पोलिसी' लागू गर्न पहल गर्छु : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिमा ‘एक्जिट पोलिसी’ ल्याउन आवश्यक रहेकोमा जोड दिएका छन्।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिमा ‘एक्जिट पोलिसी’ ल्याउन आवश्यक रहेकोमा जोड दिएका छन्।

पार्टीको भ्रातृ संस्था नेविसंघको ५३ औं स्थापना दिवसका अवसरका आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूले ल्याएको एक्जिट पोलिसीबारे व्याख्या गर्दै कांग्रेस महामन्त्रीको हैसियतले अब त्यसलाई पार्टीको नीति बनाउन लागिपर्ने बताए।

शर्माले गत मंसिरमा दल र देश रुपान्तरणको लागि ४२ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै एक्जिट पोलिसीबारे उल्लेख गरेका थिए। अवधारणापत्रमा शर्माले १, २, ३ र ४ को नीति अवलम्बन गर्नमा जोड दिएका छन्। यो नीति अवलम्बन गरे दल र देशमा रुपान्तरण आउने उनको दाबी छ।

शर्माका अनुसार १,२,३,४ को नीति भनेको कुनै व्यक्ति एक पटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने, दुई पटकभन्दा प्रधानमन्त्री बन्न नपाउने, तीन पटकभन्दा बढी मन्त्री बन्न नपाउने र चार पटकभन्दा बढी सांसद बन्न नपाउने हो। पार्टीमा पनि यही नीति लागू हुनुपर्ने उनको जोड छ। 

प्रकाशित: Apr 19, 2022| 15:11 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...