आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा (एस)को घोषणापत्रमा निःशुल्क बिजुलीदेखि भ्रष्टाचार निर्मूलसम्मका कुरा

नेकपा (एस)को घोषणापत्रमा निःशुल्क बिजुलीदेखि भ्रष्टाचार निर्मूलसम्मका कुरा

पहिलोपटक चुनावी मैदानमा उत्रिन लागेको पार्टी नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं– पहिलोपटक चुनावी मैदानमा उत्रिन लागेको पार्टी नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ। यही वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि पार्टीले आज घोषणापत्र सार्वजनिक गरेको हो। 

राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष नेपालले आफूहरुले गर्न सकिने काममात्रै अघि सारेको बताएका छन्। एमालेसँग गरेको विद्रोह किन भयो भन्नेबारे पनि घोषणापत्रमा समावेश गरिएको छ।

घोषणापत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔंलगायत कार्यक्रम पनि समावेश गरिएको छ। ‘मूल महत्व विद्रोह किन गर्यौं भन्ने राखेका छौं। विगतमा स्थानीय तहमा गरेका कामहरूलाई पनि राखेका छौं,’ नेपालले भने।

यस्ता छन् घोषणापत्रका मुख्य बुँदा

–पुष्पलाल लोकमार्गको सुरुवात

–काठमाडौं–निजगढ द्रुत मार्गको सुरुवात

–स्थानीय तहमा महिला र दलितको उपस्थिति 

–नेपालमा सुरुङमार्गको सुरुवात

–जनता आवास कार्यक्रमको सुरुवात

–विद्यालय र बालबालिका शान्ति क्षेत्रको घोषणा

–निःशुल्क खानेपानी, सुखी जिन्दगानीको नारा

–प्रत्येक घर परिवारलाई मासिक २ सय युनिट बिजुली उपलब्ध गराउने

–किसानको लगानी सुनिश्चित गर्ने कार्यक्रम

–हरेक पालिकामा महिला, युवा र श्रमिक विभाग हुने

–हरेक पालिकामा पुस्तकालय बनाउने

–प्रत्येक घरघरमा एक वर्षभित्र रिपोर्ट कार्ड बाँडिने

–भ्रष्टाचार निर्मूल पार्ने

–घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्डिङ

आजै नेकपा (एस) ले नेकपा (गौरवशाली) सँग एकता पनि गरेको छ।

प्रकाशित: Apr 19, 2022| 14:56 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...