बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेविसंघलाई पार्टीमा फड्को मार्ने थलोमात्र बनाइयो : उपसभापति गुरुङ

नेविसंघलाई पार्टीमा फड्को मार्ने थलोमात्र बनाइयो : उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेविसंघलाई जम्पिङ बोर्डजस्तो बनाइएको भन्दै गुनासो गरेका छन्।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेविसंघलाई जम्पिङ बोर्डजस्तो बनाइएको भन्दै गुनासो गरेका छन्।

National life

मंगलबार काठमाडौंमा आयोजित नेविसंघको ५३ औं स्थापना दिवस कार्यक्रममा गुरुङले विगतमा नेविसंघलाई कामकुरा नगरेर कांग्रेस पार्टीमा फड्को मार्ने थलो बनाइएको भन्दै बल्ल काम गर्ने थलो बनेको बताए।

उनले भने, ‘अब नेविसंघ कर्मथलो बनेको छ। मोबाइल एप बनाएर यो कुरा प्रमाणित भएको छ। अब नेविसंघ जम्पिङ बोर्ड हैन, एउटा कर्मथलो बनेको छ।’

केपी ओली सरकारले विभिन्न काण्ड गर्दा पनि नेविसंघ चुपचाप बसेको भन्दै उनले असन्तुष्टि पोखे। ‘हिजो बोल्न सक्थेनन् तर, आजको दिनमा ३२ वर्षभन्दा मुनिका भाइहरुले नेतृत्व गरेका छन्। अब नेविसंघले यस्ता कुरामा आवाज उठाउनुपर्छ। मेरो शुभकामना छ,’ उनले भने, ‘हिजो नेविसंघको कार्यक्रममा विद्यार्थी भेट्न गाह्रो थियो, तर आज विद्यार्थी नै विद्यार्थी देखिरहेको छु।’

प्रकाशित: Apr 19, 2022| 14:22 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...