आइतबार, साउन ३१, २०८३

बुटवलको मेयरमा कांग्रेसले अघि सार्‍यो खेलराज पाण्डेलाई 

पार्टीको बुटवल उपमहानगर समिति बैठकले नगर सभापति पाण्डेको नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको कांग्रेस बुटवल नगर सचिव छाया पोखरेलले जानकारी दिए।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

बुटवल- दलहरूले प्रतिष्ठा बनाएको बुटवल उपमहानगरमा खेलराज पाण्डेलाई मेयरमा उठाउने निर्णय गरेको छ। 

पार्टीको बुटवल उपमहानगर समिति बैठकले नगर सभापति पाण्डेको नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको कांग्रेस बुटवल नगर सचिव छाया पोखरेलले जानकारी दिए। 

पाण्डेसँगै कांग्रेसबाट क्षेत्रीय सभापति हरि लम्साल, व्यवसायी महेशमान सिंहलगायत पनि मेयरका आकांक्षी थिए। 

पाण्डे गत स्थानीय चुनावमा एमालेका शिवराज सुवेदीसँग करिब २४ सय मत अन्तरले पराजित भएका थिए। सुवेदीले २३ हजार २ सय ४९ मत पाउँदा पाण्डेले २० हजार ८ सय ५१ मत प्राप्त गरेका थिए। 

यस्तै उपप्रमुखका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता केसी, रिता सेन वली, गंगा पन्थी, सविता शाक्य र राधा ज्ञवाली सिफारिस भएका छन्। ५ दलीय गठबन्धनमा आबद्ध दलहरुले पनि कांग्रेसबाट खेलराज पाण्डे प्रमुखको उम्मेदवार हुनुपर्ने मत राख्दै आएका थिए। 

नेकपा एमालेले बुटवलबाट अहिलेका प्रमुख शिवराज सुवेदी, बाबुराम भट्टराई, गोपाल राना, तेजेन्द्र केसी, गोमादेवी आचार्य, सूर्यबहादुर भट्टराई, सावित्रा अर्याल र रामप्रसाद रेग्मीको नाम सिफारिस भएको छ।

सिद्वार्थनगमा ईस्तियाक 

यस्तै नेपाली कांग्रेसले रूपन्देहीको सिद्वार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) पदमा इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

संविधानसभा सदस्यसमेत रहेका खानलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरिएको कांग्रेस सिद्धार्थनगर समितिका सभापति कोशिषबहादुर खड्काले जानकारी दिए।

गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा रहेको यो नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा एमालेले जितेको थियो।

प्रकाशित: Apr 19, 2022| 14:13 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...