बिहीबार, असार ११, २०८३

तालमेलको गाँठो फुकाउन देउवाको दौडधुप

स्थानीय तह निर्वाचनमा तालमेलका लागि अन्य महानगरमा सहमति जुटे पनि पोखराका कारण सत्ता गठबन्धनको सोमबारको बैठक अनिर्णीत बनेपछि देउवाले सक्रियता देखाएका हुन्।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं– नेपाल विद्यार्थी संघले आफ्नो ५३ औं स्थापना दिवसको अवसरमा मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेर  निस्किरहँदा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हतारमा देखिन्थे। कारण– उनले आफ्नो निवास बालुवाटारमा कांग्रेस गण्डकी प्रदेश र कास्की जिल्ला सभापतिसहितका नेताहरुलाई बोलाएका थिए।

National life

स्थानीय तह निर्वाचनमा तालमेलका लागि अन्य महानगरमा सहमति जुटे पनि पोखराका कारण सत्ता गठबन्धनको सोमबारको बैठक अनिर्णीत बनेपछि देउवाले सक्रियता देखाएका हुन्। गत स्थानयि निर्वाचनमा एमालेले जितेको पोखरा महानगरपालिका कांग्रेस र एकीकृत समाजवादी दुवैले दाबी गर्दा गठबन्धनको भागबन्डा टुंगो लाग्न सकेको छैन। यही विषयलाई टुंग्याउन देउवाले पोखरा र कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका हुन्।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोर दत्त बराल, नेता यज्ञबहादुर थापासँग छलफल गरेर पोखराको विषय टुंग्याउने प्रयासमा देउवा छन्।

पोखराकै कारण आज बिहान बसेको निर्णायक भनिएको गठबन्धनका शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। आज दिउँसो २ बजे बस्ने गठबन्धनको बैठकअघि पोखराको किचलो मिलाउने प्रयासमा देउवा छन्।

पाँच दलीय सत्ता गठबन्धनमा महानगर र उपमहानगरहरूको बाँडफाँडमा लगभग सहमति जुटिसकेको छ। पोखरा महानगरपालिकामा मात्रै कांग्रेस र एकीकृत समाजवादी दुवै दाबी कायम राखेका हुन्।

Shivam cement

०७४ सालमा एमालेले जितेको सिट र मजबुत संगठन रहेकाले पोखरा आफूले पाउनुपर्ने एकीकृत समाजवादीको तर्क छ। कांग्रेस भने आफ्नो जनाधार राम्रो भएकाले मेयर छाड्नै नसकिने अडानमा छ। 

यही कारण ६ महानगर र ११ उपमहानगरका सबै सिटको बाँडफाँड सोमबार नै सक्ने गठबन्धनको प्रयास सफल हुन नसकेको हो।  हिजोको बैठकमा सभापति देउवाले ‘पोखराको नेतृत्वसँग एक चरण छलफल गरेपछि मात्रै निर्णय गरौं’ भनेपछि बैठक आजका लागि स्थगित गरिएको थियो। आज बिहानको बैठकमा पनि देउवाले यसै भनेपछि दिउँसो बस्नेगरी शीर्ष नेताहरु उठेका थिए। 

महानगरतर्फ विराटनगर, ललितपुर र काठमाडौंमा कांग्रेस, भरतपुरमा माओवादी र वीरगन्जमा जसपा लड्ने तय भइसकेको छ। त्यसैगरी ११ उपमहानगरपालिमध्ये कांग्रेसले पाँच र अन्य तीन दल (माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा)ले दुई–दुई पाउने प्रस्ताव सहमति नजिक छ। कांग्रेसले धरान, कलैया, धनगढी, तुल्सीपुर, इटहरी, बुटवलमध्ये पाँच, माओवादीले घोराही र जितपुर–सिमरा, एकीकृत समाजवादीले हेटौँडा, तुल्सीपुर र इटहरीमध्ये दुई र जसपाले जनकपुर र नेपालगन्जको प्रमुख लिने गरी छलफल अगाडि बढेको बताइएको छ। 

महानगर र उपमहानगरका वडासम्मकै सिट टुंग्याउन भन्दै गठबन्धनका शीर्ष नेता र रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह तयारी तथा अनुगमन समितिका नेता दुई चरणमा बैठक बसिसकेका छन्। तर बैठक निष्कर्षविहीन भए। 

महानगरपालिका, उपमहानगरपालिकाका प्रमुख–उपप्रमुखको सिट बाँडफाँडको निर्णय केन्द्रीय संयन्त्रबाट टुंग्याउने निर्णय गठबन्धनको छ । 

सोमबारको बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले तालमेलबारे गम्भीरताका साथ छलफल भएको र सहमतिनजिक पुगेको दाबी गरेका थिए। मंगलबार साढे ११ बजेको बैठकले नै सबै कुरा टुंग्याउने उनको भनाइ थियो।

२९ चैतमै सत्ताग ठबन्धनका पाँच दलले आफूले जितेका स्थान सम्बन्धित दलले नै राख्ने र एमालेले जितेका पदमा मतभारका आधारमा भागबन्डा गर्ने गरी तालमेलको आधार टुंगो लगाएका थिए। गठबन्धनमा रहेका दलहरूले १७ चैतमा सातै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ वटै पालिकामा संयन्त्र गठन गरेका थिए। 

प्रकाशित: Apr 19, 2022| 13:23 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...