आइतबार, साउन ३१, २०८३

'गठबन्धन गरेर के बिगारें' भन्दै नेविसंघलाई देउवाका यस्ता सुझाव

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन गरेर आफूले केही नबिगारेको बताएका छन्।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन गरेर आफूले केही नबिगारेको बताएका छन्। 

पार्टीको भ्रातृ संस्था नेविसंघ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले स्थानीय निर्वाचनमा हुन लागेको गठबन्धनको बचाउन गरेका हुन्। 

देउवाले भने, ‘अहिले गठबन्धनले गर्दा हामीले धेरै ठाउँमा भाग पाएका छौं। हामीले जित्ने राम्रो ठाउँमा भाग पाउँदैछौं। मैले के बिगारेँ? मैले के गल्ती गरेँ? तपाईंहरु त्यसै गाली गर्नुहुन्छ। अस्ति एमाले र माओवादी मिल्दा के भयो? भोलि त्यो अवस्था नआओस् भनेर कसैन कसैसँग मिल्नैपर्यो। यसकारण कुनै हालतमा गठबन्धन टुट्नु हुँदैन।’

नेविसंघ सहर केन्द्रित भएकोमा सभापति देउवाले असन्तुष्टि जनाए। नेविसंघ विश्वविद्यालयहरुमा हार्दै गएको भन्दै उनले गाउँ पसेर संगठन विस्तार गर्न सुझाव दिए। देउवाले स्कुल–स्कुलमा संगठन विस्तार गर्न नेविसंघलाई निर्देशन दिएका हुन्।

उनले भने, ‘नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई मेरो अनुरोध छ– अब स्कुलमा बलियो संगठन बनाउनुस्। गाउँका स्कुलमा संगठन विस्तार गर्नुस्। जबसम्म स्कुलमा नेविसंघ पुग्दैन, हामीले जित्दैनौं। अहिले एमाले, माओवादीले स्कुलमै संगठन बनाएका छन् तर हाम्रो त कहिँ पनि छैन।’ 

भोलि देश नेविसंघकै नेताहरुको हातमा आउने भन्दै उनले बलियो भएर लाग्न सुझाव दिए। देउवाले भने, ‘आफू अब्बल हुनुस् न। पढाइमा फेल भएर, गफ गरेर हुन्छ?’

प्रकाशित: Apr 19, 2022| 13:06 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...