बिहीबार, असार ११, २०८३

स्कुलमा संगठन बनाउन नेविसंघलाई सभापति देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्कुल–स्कुलमा संगठन विस्तार गर्न पार्टीको भ्रातृ संस्था नेविसंघलाई निर्देशन दिएका छन्।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्कुल–स्कुलमा संगठन विस्तार गर्न पार्टीको भ्रातृ संस्था नेविसंघलाई निर्देशन दिएका छन्। 

काठमाडौंमा आज आयोजित नेविसंघ स्थापना दिवस कार्यक्रममा उनले भने, ‘नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई मेरो अनुरोध छ– अब स्कुलमा बलियो संगठन बनाउनुस्। गाउँका स्कुलमा संगठन विस्तार गर्नुस्। जबसम्म स्कुलमा नेविसंघ पुग्दैन, हामीले जित्दैनौं। अहिले एमाले, माओवादीले स्कुलमै संगठन बनाएका छन् तर हाम्रो त कहिँ पनि छैन।’ 

स्थानीय निर्वाचनमा हुन लागेको तालमेलबारे देउवाले भने, ‘अहिले गठबन्धनले गर्दा हामीले धेरै ठाउँमा भाग पाएका छौं। हामीले जित्ने राम्रो ठाउँमा भाग पाउँदैछौं। मैले के बिगारेँ? मैले के गल्ती गरेँ? अस्ति एमाले र माओवादी मिल्दा के भयो? भोलि त्यो अवस्था नआओस् भनेर कसैन कसैसँग मिल्नैपर्यो। यसकारण कुनै हालतमा गठबन्धन टुट्नु हुँदैन।’
प्रकाशित: Apr 19, 2022| 12:46 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...