आइतबार, साउन ३१, २०८३

नेविसंघको कार्यक्रममा कालो मास्क निषेध

नेपाल विद्यार्थी संघले आज (मंगलबार) आफ्नो स्थापना दिवस मनाउँदैछ। यस अवसरमा नेविसंघले प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं– नेपाल विद्यार्थी संघले आज (मंगलबार) आफ्नो स्थापना दिवस मनाउँदैछ। यस अवसरमा नेविसंघले प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ।

यसैबीच, कार्यक्रमस्थलमा कालो मास्क लगाएर प्रवेश गर्न निषेध गरिएको छ। नेविसंघ सभापति दुजाङ शेर्पाका अनुसार कार्यक्रमस्थलमा कसैले कालो मास्क लगाउन पाउनेछैनन्। 

कालो मास्क लगाएर आउनेलाई नेविसंघले सर्जिकल मास्कको व्यवस्था गरेको छ।

कार्यक्रममा कांग्रेस नेताहरु बालकृष्ण खाण, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, बद्री पाण्डे, विपिन कोइराला लगायतका नेताहरु आइपुगेका छन्।

कांग्रेस उपसभापति धनराज गुरुङ, नेता रामचन्द्र पौडेल र पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि कार्यक्रममा सहभागी छन्।

प्रकाशित: Apr 19, 2022| 12:06 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...