बिहीबार, असार ११, २०८३

निलम्बित गभर्नर अधिकारीको रिट हरिप्रसाद फुयालको इजलासमा

सरकारले छानबिन गर्ने भन्दै पदबाट निलम्बन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा तोकिएको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं– सरकारले छानबिन गर्ने भन्दै पदबाट निलम्बन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा तोकिएको छ।  

National life

अधिकारीले आइतबार सर्वोच्चमा वकिलमार्फत रिट हालेका थिए। उनले दायर गरेको रिटको सुनुवाइ आजका लागि तोकिएको हो। उनले छानबिन समिति खारेज गरी आफ्नो तत्काल पुनर्बहालीका लागि आदेश माग गरेका छन्।

गभर्नर अधिकारीलाई सरकारले चैत २४ गते बिहीबार छानबिन गर्न समिति गठन गरी उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो। 

सर्वोच्चले अधिकारीको पक्षमा फैसला गरे उनी पुनर्बहाली हुनेछन्। त्यसो नभए छानबिन समितिले प्रतिवेदन बुझाएर सरकारले निर्णय नगरुन्जेल उनी निलम्बन हुनेछन्। छानबिन समितिलाई एक महिनाको समय दिइएको छ। 


प्रकाशित: Apr 19, 2022| 10:50 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...