बिहीबार, असार ११, २०८३

कांग्रेस महामन्त्री शर्माको समन्वयमा 'प्रदेश डेस्क'

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णयानुसार 'प्रदेश डेस्क' स्थापना गरेका हुन्।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं- नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा 'प्रदेश डेस्क' स्थापना गरेको छ।

National life

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णयानुसार 'प्रदेश डेस्क' स्थापना गरेका हुन्। 

सातवटै प्रदेश डेस्कसँग केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने गरी पार्टीका सात सहमहामन्त्रीलाई प्रदेश डेस्कको संयोजकसमेत तोकेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सो अनुसार प्रदेश नं १ मा सहमहामन्त्री जीवन परियार, मधेश प्रदेशमा सहमहामन्त्री भीष्मराज आङ्दम्वे, बागमती प्रदेशमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, गण्डकी प्रदेशमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना', लुम्बिनी प्रदेशमा सहमहामन्त्री महेन्द्र यादव, कर्णाली प्रदेशमा सहमहामन्त्री बद्री पाण्डे र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौरलाई संयोजक तोकिएको छ।

प्रकाशित: Apr 19, 2022| 10:24 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...