आइतबार, साउन ३१, २०८३

'स्थानीय तहका सबै पदाधिकारीको म्याद जेठ ५ मा सकिन्छ'

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका सबै पदाधिकरीको म्याद आगामी जेठ ५ गते सकिने बताएका छन्।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं- निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका सबै पदाधिकरीको म्याद आगामी जेठ ५ गते सकिने बताएका छन्।

नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको सहकार्यमा निर्वाचन आयोगले आयोजना गरेको मिडियासँग अन्तर्क्रिया कार्यक्रममा थपलियाले यस्तो बताएका हुन्।

२०७४ सालको निर्वाचन तीन चरणमा भएको भए पनि जेठ ५ मा सबै पदाधकारीको म्याद सकिने उनको प्रष्टोक्ति छ। म्याद सकिनु भन्दा २ महिना अगावै निर्वाचन गर्न सरकारलाई सुझाव दिएको तर त्यो सम्भव नभए पनि म्याद सकिनुअघि नै मिति घोषणा भइसकेकाले चुनावको तयारी अघि बढेको उनको भनाइ छ।

उनले महिला उम्मेदवारीलाई प्राथमिकता दिन पनि आग्रह गरे। एउटै दलले उम्मेदवारी दिँदा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ ।

प्रकाशित: Apr 19, 2022| 09:44 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...