आइतबार, साउन ३१, २०८३

स्थानीय निर्वाचनका लागि उम्मेदवारले राख्नुपर्ने धरौटी तोकियो

यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं- यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ। आयोगका अनुसार स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखका उम्मेदवारले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ।

त्यस्तै, वडाध्यक्षले एक हजार रुपैयाँ र वडा सदस्यले पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ। महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारलाई भने धरौटीमा ५० प्रतिशत छुट दिइएको छ।

वैशाख ३० को निर्वाचनका लागि ११ र १२ वैशाखमा उम्मेदवारी मनोनयनको मिति तोकिएको छ।

प्रकाशित: Apr 19, 2022| 09:30 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...