आइतबार, साउन ३१, २०८३

एमालेको घोषणापत्र अनुमोदन, ९ वैशाखमा सार्वजनिक गर्ने

आशन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले घोषणापत्रको मस्यौदा पारित भएको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं- आशन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले घोषणापत्रको मस्यौदा पारित भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार साँझ बसेको सचिवालय बैठकले घोषणापत्र पारित गरेको हो।

घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो। एमालेले वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने भएको छ। साथै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी एमालेको छ।

यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन हुँदैछ।

प्रकाशित: Apr 19, 2022| 07:28 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...