बिहीबार, असार ११, २०८३

पत्रकार सम्मलेनमा प्रचण्ड अलमलिएका प्रश्नहरू !

प्रचण्डले अन्तरविरोधमा नेपालको राजनीति चलेको र त्यसको समाधानका लागि पाँच दलीय गठबन्धन बनेको कुरामा जोड दिए। सडक संघर्ष हुँदै गठबन्धन र अदालतबाट नयाँ सरकार गठन भएको कुरा उनले स्मरण गराए। उनले गठबन्धनको औचित्यमाथि जोड दिएको प्रष्ट देखिन्थ्यो।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- आइतबार दिउँसो बसेको गठबन्धनको बैठक साँझ बस्‍ने गरी सर्‍यो। लगत्तै दिउँसो एक बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पुगे। 

National life

अघिल्ला पत्रकार सम्मलेनमा माओवादी प्रवक्ता बोलेपछि अध्यक्ष बोल्ने गरिए पनि यसपटक प्रचण्डले नै सम्मलेन अवधिभरि बोलिरहे।  सँगै बसेका कृष्णबहादुर महरा, प्रचार विभागका महेश्वर दाहाललगायत नेता बोलेनन्।   

प्रचण्डका अनुसार आइतबार साँझको गठबन्धको बैठकलाई निर्णायक मानिएको थियो। यद्यपि आन्तरिक गृहकार्य नपुगेको भन्दै गठबन्धको बैठक मंगलबारलाई सरेको छ।  करिब एक घन्टा चलेको माओवादी पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्ड  स्थानीय चुनावमाथि नै केन्द्रित रहे।  यद्यपि गठबन्धनको तालमेल र सकारकार सञ्चालनबारे पत्रकारले सोधेका प्रश्नमा प्रचण्ड अलमलमा रहे। ती प्रश्नको उत्तर उनले आफ्नो पुरानै शैलीअनुसार सांकेतिक रुपमा प्रष्ट्याए।   

माओवादी पत्रकार सम्मेलनमा फ्लोरबाट आएका प्रश्न यस्ता थिए:

– अर्थमन्त्री जनार्दन शर्मालाई हटाएर नयाँ नेता सरकारमा पठाउने कुरा के हो?

Shivam cement

– यदि देशभरि कतै पनि सत्ता गठबन्धनबीच पूर्ण तालमेल नभए माओवादी के गर्छ?

–  गठबन्धनले साझा चुनाव चिन्ह बनाएर जाने कुरा सम्भव छ?

–  जसपासँग तपाईंको नियमित कुरा हुँदै आएपनि जसपासँग मिल्न चाहेको देखिँदैन नि?

– भरतपुर नछाडे माओवादीलाई गाह्रो पर्ने कुरा कांग्रेस नेता  शेरखर कोइराले भन्दै आएका छन्।  के माओवादी भरतपुर छाड्न सक्दैन?

सुरुमै प्रचण्डले देश चुनावी माहोलमा होमिसकेको बनाउँदै कुनै शक्तिले पनि स्थानीय निर्वाचन सार्न नसक्ने बताए।  ‘निर्वाचन सर्ने जति कुरा बाहिर आएका छन् सबै अनुमानकै भरमा आएका हुन्,’ उनले भने,  ‘म दोहोर्‍याएर भन्‍न चाहन्छु पहिला पनि चुनाव सार्नेबारे तर्क–वितर्क भएको छैन। गठबन्धनका सबै दल निर्वाचनकेन्द्रीत भएका छौं। ’

यसपछि प्रचण्डले अन्तरविरोधमा नेपालको राजनीति चलेको र त्यसको समाधानका लागि पाँच दलीय गठबन्धन बनेको कुरामा जोड दिए।  सडक संघर्ष हुँदै गठबन्धन र अदालतबाट नयाँ सरकार गठन भएको कुरा उनले स्मरण गराए।  उनले गठबन्धनको औचित्यमाथि जोड दिएको प्रष्ट देखिन्थ्यो।  

– अर्थमन्त्रीको सवालमा उठेको प्रश्नमा उक्त कुरा अदालतमा पुगेको बताउँदै अध्यक्ष प्रचण्ड पन्छिए।   

– माओवादी केन्द्र एक्लै चुनाव लड्ने सक्ने कुरा सम्भव भएको बताउँदै उनले गठबन्धनबीच सहमति नभए ज–जसको बीचमा सहमति हुन्छ, त्यसैसँग मिलेर जाने उल्लेख गरे।  ‘सहमति भएन भने यसै बस्ने कुरा आउँदैन।   जनताले देश संकटमा परेको बेला माओवादी नै चाहिन्छ भन्ने  बुझेको हुनाले हामी एक्लै जनतामाझ जान तयार छौं’, अध्यक्ष प्रचण्डले भने। 

– साझ चुनावचिन्हको कुरा उठेको बताउँदै त्यसमा निर्वाचन आयोगको मापदण्डमा बसेर मात्र निर्णय गरिने प्रचण्डले बताए। 

– जसपासँग निरन्तर कुरा भएको बताउँदै प्रचण्डले जसपासँग कुन तुष नरहेको दाबी गरे।  यद्यपि पर्सा जिल्लादेखि मधेसका केही स्थानमा जसपा–कांग्रेस तालमेल भइसकेको छ।  

– भरतपुरको सवालमा निकै गम्भीर हुँदै उनले जुनसुकै महानगर दिएपनि मान्य हुने बताए।  ‘भरतपुरमा पहिला पनि हामीले जितेको हुनाले त्यो ठाउँ हामीले पाउँदा सहज हुन्छ भनेका हौं।  हामीलाई पनि गठबन्धनबाट एउटा भाग मिल्छ भने त्यो जुनसुकै महानगर दिए पनि हुन्छ’, प्रचण्डले भने। 

खटपट होइन तयारी नपुगेको हो : देव गुरुङ

गठबन्धनको बैठक पटक-पटक सरेकोमा धेरैले सन्देह व्यक्त गरेका छन्।  एउटै पार्टीभित्र त फरकफरक मत आउँछन् भने गठबन्धनमा रहेका दलहरूको आ-आफ्नो माग रहने कुरा स्वभाविक हो।  

कुन महानगर र उपमानगर कसलाई दिँदा ठीक हुन्छ भन्ने कुरामा दलहरूले अध्ययन जारी राखेका छन्।  ठाउँअनुसार तालमेलको कुरामा दलहरूको आन्तरिक गृहकार्य नपुग्नाले सहमति जुट्न नसकेको हो।  मंगलबारसम्म गठबन्धनभित्र भागबन्डाको कुरा निष्कर्षमा पुग्ने छ।   माओवादीले पनि आफ्नो दाबी पेश गर्ने कुरामा अझै तयारी गर्न बाँकी छ।  महानगर र उपमहानगरजस्ता ठूला इलाका भएकाले दलहरूलाई तत्काल निर्णय लिन गाह्रो परेको हो। 


प्रकाशित: Apr 18, 2022| 22:20 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...