काठमाडौं- माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेकपा गौरवशाली पार्टीबीच पार्टी एकता हुने भएको छ। नेकपा एमालेबाट अलग भएको माधव नेपालले नेकपा गौरवशालीसँग एकता गर्न लागेको हो।
वाम लोकतान्त्रिक गठबन्धनमा रहेका माधव नेपालले कांग्रेससँग धेरै लामो सहकर्य गर्न नसकिने भन्दै सर्कुलर जारी गरेको समयमा साना पार्टीहरुलाई समेट्दै पार्टी एकता गर्ने अभियान अघि बढाएका हुन्।
पार्टी एकता कार्यक्रम मंगलबार दिउँसो राष्ट्रिय सभा गृहमा हुने भएको छ। पार्टी एकता कार्यक्रममा उनले माधव नेपाल, वरिष्ठ नेता झलानाथ खनाल, महासचिव डा. देवीराम भुसाल, नेकपा गौरवशालीका अध्यक्ष भविशोर पराजुलीलगायत पार्टीका सचिवालय सदस्यहरु सहभागी हुने बताइएको छ।