बिहीबार, असार ११, २०८३

पोखराको उपमेयरमा माओवादीबाट प्रचण्डकी बुहारी सिफारिस

नेकपा (माओवादी केन्द्र)ले पोखरा महानगरको उपमेयरमा सिर्जना त्रिपाठीलाई सिफारिस गरेको छ। महानगर कमिटीको सोमबार बिहान बसेको बैठकले उपमेयरमा त्रिपाठीलाई सिफारिस गरेको हो।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

पोखरा- नेकपा (माओवादी केन्द्र)ले पोखरा महानगरको उपमेयरमा सिर्जना त्रिपाठीलाई सिफारिस गरेको छ। महानगर कमिटीको सोमबार बिहान बसेको बैठकले उपमेयरमा त्रिपाठीलाई सिफारिस गरेको हो। 

National life

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारीसमेत रहेकी त्रिपाठीसहित गोमा ढकाल र महानगर सदस्य सूर्यप्रकाश तिवारी पनि उपमेयरका लागि सिफारिस भएका छन्। 

पोखरा महानगरको विषयमा कुरा नमिल्दा सत्ता गठबन्धनको बैठक मंगलबार ११ बजेसम्मका लागि स्थगित भएको छ। कास्की कांग्रेसले पनि हैसियतभन्दा ठूलो भाग खोजेको भन्दै समाजवादीलाई गठबन्धनबाट बाहिर राख्ने निष्कर्षमा पुगेको बताएको छ। 

पोखरा मेयरमा प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने, सीता खड्का र जिल्ला संयोजक बखानसिंह गुरूङलाई सिफारिस भएका छन्। 

प्रचण्डका छोरा स्व. छोरा प्रकाश दाहाल र त्रिपाठीबीच विवाह भएको थियो। त्रिपाठीपछि प्रकाशले बिना मगरसँग विवाह गरेका थिए। विना र सिर्जनाका तर्फबाट एकएक छोरा छन्।

Shivam cement

प्रकाशित: Apr 18, 2022| 20:53 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...