बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धन बैठक : नेकपा एस र कांग्रेसले पोखरामा दाबी नछोड्दा जुटेन सहमति

गठबन्धन बैठक : नेकपा एस र कांग्रेसले पोखरामा दाबी नछोड्दा जुटेन सहमति

'महानगर र उपमहानगरका वडासहितको विषयमा सकारात्मक छलफल गरेका छौँ। भोलि निर्णयमा पुग्छौँ। मापदण्डकै वरिपरि रहेर सहमति गर्छौँ,' सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- सत्तारुढ दलहरूको गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ। बैठक मंगलबार बिहान ११ बजे पुनः बस्ने गरी सकिएको हो। 

National life

'महानगर र उपमहानगरका वडासहितको विषयमा सकारात्मक छलफल गरेका छौँ। भोलि निर्णयमा पुग्छौँ। मापदण्डकै वरिपरि रहेर सहमति गर्छौँ,' सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। 

पोखरा महानगरका विषयमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाली कांग्रेसले दाबी नछोड्दा सहमति जुट्न नसकेको बताइएको छ।  

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट स्रोतका अनुसार पोखरामा दुवै दलले आफ्नो दाबी नछोड्दा सोमबार सहमति हुन नसकेको हो। बैठकमा पाँचवटै दलका नेताहरूले आ–आफ्नो पार्टीको दाबी पेस गरेका थिए। तर पोखराका विषयमा भने कांग्रेस र नेकपा एसबीच कुरा मिल्न बाँकी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

प्रचण्ड निकट स्रोतका अनुसार भरतपुर माओवादीलाई दिने लगभग सहमति छ। काठमाडौं, विराटनगर र ललितपुर कांग्रेसले पाउने र जसपालाई वीरगञ्ज दिने लगभग सहमति भएको छ। 

Shivam cement

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन तयारी समितिका सदस्यहरू सहभागी थिए।

प्रकाशित: Apr 18, 2022| 18:52 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...