आइतबार, साउन ३१, २०८३

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे अमेरिकी राजदूत बेरी

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी बालुवाटार पुगेका छन्। बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको समयमा राजदूत बेरी बालुवाटार पुगेका हुन्।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी बालुवाटार पुगेका छन्। बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको समयमा राजदूत बेरी बालुवाटार पुगेका हुन्। 

राजदूत बेरी पुगेको केही समयमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्का पनि बालुवाटार पुगेका थिए। राजदूत बेरीको कार्यकाल सकिन लागेको कारण उनले शिष्टाचार भेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेको बालुवाटार स्रोतले जनाएको छ। 

स्रोतले भन्‍यो, 'उहाँले यसअघि नै प्रधानमन्त्रीज्यूलाई भेट्न समय लिनुभएको थियो। सोही समय अनुसार नै उहाँ सोमबार दिउँसो बालुवाटार आउनु भएको हो। उहाँको कार्यकाल सकिएर फर्किन लागेकोले बिदाई भेटका लागि राजदूत बेरी बालुवाटार पुगेका हुन्।' 

हाल दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेश मन्त्री केल्ली किडरलिङले पाल भ्रमणमा रहेकी छन्। आइतबार काठमाडौं ओर्लिएकी उनले सोमबार परराष्ट्रमन्त्री डा. खड्कासँग भेटवार्ता गरेकी हुन्। अप्रिल २३ मा अमेरिकी सांसद्हरुको 'जम्बो' टोली पनि नेपाल भ्रमणमा आउने भएको छ। 


प्रकाशित: Apr 18, 2022| 18:43 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...