काठमाडौं- वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि ९५ लाखभन्दा बढी थान मतपत्रको छपाईको काम पूरा गरेको छ। आयोगले निर्वाचनका लागि चाहिने सामग्रीहरु केही नेपाल भित्रिसकेको र केही आउने क्रममा रहेकोसमेत जानकारी दिएको छ।
'आयोगले १ करोड ९४ लाख मतपत्र छपाउनुपर्नेछ। त्यसमध्ये हालसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्रको छपाइ सम्पन्न भएको छ,' पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
पत्रकार सम्मेलनमा आयोगले आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल र नेताहरुसँग जवाफ माग गरिएको पनि जनाएको छ। आयोगले विभिन्न राजनीतिक दल र नेताहरुले आचारसंहिता उलंघन गरेको भन्ने गुनासोका आधारमा जवाफ माग गरिएको बताउँदै त्यसमध्ये कतिपयले जवाफ पेस गरेको र केही आउने क्रममा रहेको जनाएको छ।