काठमाडौं– महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भागबण्डा गर्न सत्ता गठबन्धन दलका नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ।
बैठकमा पाँच वटै दलका नेताहरूले आ–आफ्नो पार्टीको दाबी पेस गरेका छन्। आजै साँझसम्ममा सिट बाँडफाँटको सहमति हुने नेताहरूले जानकारी दिएका छन्।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन तयारी समितिका सदस्यहरू सहभागी छन्।
माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टीको पत्रकार सम्मेलनमा आजै साँझसम्ममा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको टुंगो लगाउने गरी छलफल भइरहेको बताएका थिए।