बुधबार, असार ३१, २०८३

नेपालले आठौं विकेट पनि गुमायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जारी खेलमा नेपालले आठ विकेट गुमाएको छ। 

नेपालले १२.२ ओभरमा पहिलो विकेटको रुपमा अनिल साहलाई गुमाएको नेपालले त्यसपछि लगातार तीन विकेट गुमाएको थियो। अनिल ३२ बल खेल्दै तीन चौकाको मद्दतमा २१ रन जोड्दै पेविलियन फर्केका थिए।

त्यसपछि मैदानमा आएका कप्तान पारस खड्का २१ बल खेल्दै एक चौका प्रहार गरेर आउट भए। उनले १२ रन जोडे। 

तेस्रो विकेटको रुपमा अर्धसतक प्रहार गरेका उपकप्तान ज्ञानेन्द्र मल्ल ५१ रनमा आउट भए। उनले ६१ ब्लमा ८ चौका प्रहार गरे। 

चौथो र पाँचौं विकेटका लागि क्रिजमा आएका आरिफ सेख, सोमपाल कामी र बसन्त रेग्मी शुन्य रनमा आउट भए। अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी र शक्ति गौचन खेली रहेका छन्।

नेपालले आठौं विकेटको रुपमा करन केसीलाई गुमाएको छ। केसी शुन्य रनमा आउट भएका हुन्। सातौ विकेटको रुपमा नेपालले दिपेन्द्र सिंह ऐरीलाई गुमाएको थियो। दिपेन्द्रले व्यक्तिगत ३३ रन जोड्दै नेपालको पारी केही उकासेका थिए । उनले ४८ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गरेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।