आइतबार, साउन ३१, २०८३

महानगर र उपमहानगर भागबण्डाको टुंगो लगाउन पौडेल समितिको बैठक

सत्ता गठबन्धन दलहरुले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेको छ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

काठमाडौं– सत्ता गठबन्धन दलहरुले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेको छ। समिति संयोजक नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा बालुवाटारमा बैठक बसेको हो।

बैठकले देशभरका ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिका कसरी बाँडफाँड गर्ने भनेर प्रतिवेदन तयार गर्ने र गठबन्धनका शीर्ष नेतृत्वलाई बुझाउने तयारी गरेको छ। सोही प्रतिवेदनका आधारमा भोलि सोमबार शीर्ष नेताहरूको बैठकले महानगर र उपमहानगरको बाँडफाँड टुंगो लगाउने तयारी छ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले १० र ११ गते मनोनयन दर्ताको मिति तोकेको छ। उम्मेदवारी मनोनयनका लागि एक सातामात्रै बाँकी हुँदासम्म पनि गठबन्धन दलहरूले सिट बाँडफाँटको टुंगो लगाउन सकेका छैनन्। आकांक्षी धेरै हुँदा दलहरूलाई आन्तरिक व्यवस्थापनमा पनि सकस देखिएको छ।

प्रकाशित: Apr 17, 2022| 14:45 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...