काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।
आइतबार सिंहदरवारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा तीन नेताबीच छलफल भएको हो। नेताहरुले बिहान ११ः४५ देखि १२ः२० सम्म सामूहिक छलफल गरेका थिए।
भेटपछि जसपा अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए। आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गरेर जाने निर्णय गरेको भए पनि कतिपय स्थानीय तहमा सत्तारुढ दलबीच गठबन्धन बन्न सकेको छैन।
गठबन्धनको सम्बन्धमा विभिन्न अड्कलवाजी भइरहेका बेला गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र गठबन्धनमा आवद्ध अर्को दल नेकपा एकीकृत समाजवादीको अनुपस्थितिमा दुई दलबीच छलफल भएको हो।